प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ फाल्गुन १८ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेश कुमार कार्कीलाई आज मिति २०७६ फाल्गुन २३ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी कार्कीलाई श्री मध्य पूर्वी पृतना हे.क्वा. को पृतनापतिको जिम्मेवारी दिईएको छ ।