उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security) को समापन

१. नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा मिति २०७६ फाल्गुन १९ गतेदेखि सञ्चालन भएको सि.सं. ५ उच्च स्तरीय सुरक्षा (Advanced Course on National Security) तालिमको आज मिति २०७६ चैत्र ०६ गते शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले एक समारोहका बीच अन्तिम प्रवचन गर्नु भई तालिमको समापन गर्नु भएको छ ।

२. उक्त समारोहमा समापन मन्तव्य राख्‍नु हुँदै शिक्षाध्यक्ष उपरथी हमालले तालिममा सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे यथेष्ट ज्ञान लिनु भएको विश्वास व्यक्त गर्नु भएको थियो । तालिमबाट प्राप्त ज्ञानले भविष्यमा राष्ट्रिय सुरक्षा सम्बन्धि निती निर्माण तथा कार्यान्वयनमा सहज हुने विचार व्यक्त गर्नु हुँदै सहभागीहरुलाई हार्दिक बधाई समेत दिनु भएको थियो । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २२ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएको छ ।

३. हाल विश्वका विभिन्‍न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि उक्त समापन समारोहमा अन्य विशिष्ट व्यक्तिहरु तथा पाहुनाहरुलाई सहभागी नगराई तालिमका सहभागीहरुको मात्र उपस्थितीमा उक्त तालिमको समापन गरिएको हो । वि.सं.२०७२ सालबाट प्रथम पटक शुरु गरिएको यस तालिममा हालसम्म ११५ जनाले सहभागिता जनाइसक्नु भएको छ ।