नेपाली शान्ति सैनिकद्वारा सुडानको डार्फुरमा निःशुल्क स्वास्थ्य सेवा प्रदान

१. अफ्रिकी राष्ट्र सुडानको डार्फुरमा तैनाथ नेपाली शान्ति सैनिकहरुको पहलता तथा नेतृत्वमा डार्फुरको द्वन्द्वबाट अति प्रभावित विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरि हजारौं स्थानीय जनतालाई उपचार गरेको छ । २. द्वन्द्वबाट प्रभावित स्थानीय जनतालाई मानवीय सहायता उपलव्ध गराउने डार्फुरमा तैनाथ राष्ट्र संघिय मिशन African Union/United Nations Hybrid Operation in Darfur (UNAMID) को फोर्स कमाण्डर Lieutenant General Patrick Nyamvumba को अभिप्राय र निर्देशन बमोजिम सो मिशनको नेपाली फोर्स रिजर्भ कम्पनीको नेतृत्वमा मंगोलियाको लेभल – २ अस्पताल, रुवाण्डाली गण तथा नेपाली सेक्टर रिजर्भ कम्पनीका मेडिकल टोलीहरु संलग्न भई Haboob Chase - 2, नामक अभ्यास संचालन गरि सो सेवा प्रदान गरेका थिए । मिति २०६८ श्रावण ३१ गतेदेखि ऐ. भाद्र ६ गते (तदनुसार १६ देखि २३ अगष्ट २०११) सम्म संचालित अभ्यासको दौरान Gurra Farjawi, Kuma, Dar Al Salam र Shangil Tobaya जस्ता अति नै द्वन्द प्रभावित ईलाकाहरुमा अस्थाई Operating base हरु स्थापना गरि दुई हजार दुई सय ८६ जना स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए । ३. साधारण स्वास्थ्य सेवा बाहेक दन्त सेवा, आँखाका बिरामीहरुको उपचार, अल्ट्रा साउण्ड सेवा तथा क्षयरोग, मलेरिया, HIV AIDS लगायतका रोगहरुको प्रयोगशाला परिक्षण समेत गरिएको थियो । सो शिविरलाई UNICEF, WHO र सुडानी स्वास्थ्य मन्त्रालयले विभिन्न औषधिहरु उपलव्ध गराई सहयोग गरेका थिए । ४. स्थानीय आवश्यकतालाई बुझि नेपाली शान्ति सैनिकहरुले लिएको यस्तो पहलकद्मीको मिशनका फोर्श कमाण्डर, चिफ अफ स्टाफ, उत्तरी सेक्टरमा सेक्टर कमाण्डर, स्थानीय नेता तथा पदाधिकारी लगायत स्थानीय बासिन्दाहरुले समेत खुलेर प्रशंसा गरेका थिए । ५. UNAMID मिशनको Force Reserve Company र Sector Reserve Company को रुपमा कार्तिक, २०६६ (तदनुसार अक्टुवर, २००९) बाट डार्फुरमा नेपाली शान्ति सैनिक तैनाथ हुँदै आएको हो ।