मित्रराष्ट्र चीनद्वारा नेपाली सेनालाई मेडिकल सामाग्री सहयोग

१. नेपाल सरकार (मा.उपप्रधान मन्त्री स्तर) को मिति २०७७।०१।३० गतेको निर्णय अनुसार मित्रराष्ट्र चीनबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको कोभिड १९ को प्रतिकार्यमा आवश्यक पर्ने मेडिकल सामाग्रीहरु आज मिति २०७७ वैशाख ३१ गते मित्रराष्ट्र चीनका महामहिम राजदुत होउ यान्छीले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

२. हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो । कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने Personal Protective Equipment, N-95 Mask लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु मित्रराष्ट्र चीनको People's Liberation Army Air Force (PLAAF) को जहाज मार्फत आज नेपाल ल्याईएको थियो ।