सैनिक अनुशासन तथा आचरण उल्लघंन गर्ने सैनिक अधिकृत उपर कारवाही

१. सैनिक अनुशासन तथा आचरण उल्लघंन गरेको अभियोगमा समरी जनरल सैनिक अदालतले मिति २०६८/०५/१२ गते सैनिक अधिकृत उप सेनानी गौतम चन्द ठकुरीलाई सैनिक ऐन बमोजिमको कसुरमा दोषी ठह¥याई कारवाही गरेको छ । २. उप सेनानी ठकुरीले गैरसैनिक महेश जंग कार्की समेत भई काठमाण्डौको ठमेलस्थित होटल ड्रिम होमबाट अमेरिकी नागरिक जोन रोबर्ट स्क्रम्फलाई मिति २०६८/०२/१५ गतेको राति १ बजे सम्बन्धित होटलवालालाई जानकारी नगराई बौद्धस्थित हायात होटलको तारा क्यासिनोमा लगी जुवा खेलेको तथा क्षणिक रुपमा चिनजान भएको निज विदेशी नागरिकलाई अस्वभाविक रुपमा फजुल खर्च गराएको, आफ्नो ओहदा अनुसारको आचरणको पालना नगरी सुव्यवस्था तथा सैनिक अनुशासन विरुद्ध हुने कार्य गरेको र आफ्नो नाममा जारी भएको सैनिक परिचय पत्रको दुरुपयोग हुँदा समेत कुनै खोज खबर नगरी सुरक्षा गर्न नसकेकोले सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) र (झ) अनुसारको कसुरमा दोषी ठह्याई ऐ.ऐनको दफा १०१ को उप दफा (१) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरिने गरी समरी जनरल सैनिक अदालतले सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो ।