प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ जेष्ठ १२ गतेको निर्णय अनुसार श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई आज मिति २०७७ जेष्ठ १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. सो समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री वीरेन्द्र अस्पतालका सहायक रथी डा. श्री नगेन्द्र बहादुर के.सी., प्राविधिक सहायक रथी दर्जामा पदोन्नति हुनु भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा. श्री भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति हुनु भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. श्री सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

३. साथै, पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा.श्री नगेन्द्र बहादुर के.सी.लाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको व्यहोरा जानकारी गराईन्छ ।