प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७७ आषाढ १५ गतेको निर्णय बमोजिम मिति २०७७ आषाढ १५ गतेबाट उपरथी दर्जामा पदोन्नती हुन भएका सहायक रथी प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती हुनु भएका महा सेनानी प्रेम बहादुर पुनलाई आज मिति २०७७ आषाढ १९ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. पदोन्नती हुनु भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई श्री प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।