नेपाली सेनाद्वारा बम निष्क्रिय

१. विगत द्वन्द्वको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी रुपन्देही जिल्ला, विष्णुपुरा गा.वि.स.,वडा नं.२ स्थित गिर्देवातर्फ जाने चोकको पक्की बाटोमुनी विच्छ्याएको करिब ६० किलोग्रामको बाल्टिन बमलाई मिति २०६८ भाद्र १४ गते अपरान्ह नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षितसाथ निष्क्रिय पारेको छ । २. माओवादीका तत्कालिन सैन्य इन्चार्जले सो ईलाकामा २०६१ साल असोज महिनामा बम बिच्छ्याएको जानकारी मिति २०६८ श्रावण १३ गते गराएका थिए । सो बमको कारण स्थानीय बासिन्दा र सो बाटो भई ओहोर–दोहोर गर्ने सवारी साधन तथा यात्रुहरुको सुरक्षालाई मध्यनजर राखी जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम श्री कालीभञ्जन गणको नं.१ फिल्ड गुल्म र श्री भवानीबक्स गणको संयुक्त बम डिस्पोजल टोलीले सो शक्तिशाली बमलाई निष्क्रिय पारेको हो । उक्त बाल्टिन बम कुनै पनि समयमा विस्फोट भई धनजनको ठूलो क्षति हुन सक्ने सम्भावना रहेको थियो ।