सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण

१. आज मिति २०७७ श्रावण ०२ गते सहायक रथी बिज्ञान देव पाण्डेले श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गर्नु भएको छ ।

२. मिति २०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हाल्नु भएका सहायक रथी बिज्ञान देव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउनु हुने समस्त आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ । साथै वहाँले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।