मित्रराष्ट्र भारतद्वारा भेन्टिलेटर सहयोग

१. आज मिति २०७७ श्रावण २५ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय महामहिम राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर (ICU Ventilator) हस्तान्तरण गर्नु भएको छ । कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी "कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७" को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले मित्रराष्ट्र भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

२. प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।