नेपाली सेनाको अनुरोध

१. नेपाली सेनाको संगठनात्मक व्यवस्थापन र गतिविधिहरु बारे जनस्तरमा हुने अभिरुचीलाई नेपाली सेनाले स्वाभाविक मान्दै आएको छ । यस क्रममा संचार माध्यमहरु मार्फत व्यक्त हुने सकारात्मक र आलोचनात्मक सबै किसिमका प्रतिक्रियाहरुका लागि नेपाली सेना हार्दिक आभार व्यक्त गर्दछ । यद्यपी मुलुकको राष्ट्रिय सेना र नागरिक - सेना सम्बन्ध (Civil-Military Relation) का विषयहरुमा हुने प्रकाशन र प्रसारणहरु तथ्यपरक सूचनामा आधारित हुने अपेक्षा राख्दै यसतर्फ थप सम्वेदनशील भई दिन हुन विनम्र अनुरोध गर्दछौं ।

२. नेपाली जनताको चाहना अनुरुप नै रुपान्तरण (Transformation) को कठिन प्रक्रियाबाट गुज्रीरहेको नेपाली सेनाको इमान्दार प्रयासमा सबैको निरन्तर सहयोगको अपेक्षा राख्दै यसको परिणाम सुखद हुनेमा विश्वस्त गराउन चाहन्छौं ।