प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्नु भएको दुईवर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना


१.    प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्नु भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानसेनापति थापाले आज मिति २०७ भाद्र २४ गते विहान वीर स्मारक छाउनी तथा सैनिक स्मारक सैनिक मञ्चमा जानु भई रिद लेईङ्ग तथा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

२.    त्यसै गरी जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा, उहाँले नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाको रुपमा विकास गर्दै लैजाने आधारका रुपमा विगत दुइ वर्षमा तयार भएका र कार्यान्वयन गरिएका विभिन्न कार्यविधि, निर्देशिका, तालिमका म्यानुअल र कमाण्डर एवं स्टाफहरुका लागि आवश्यक सन्दर्भ पुस्तिकाहरुको संग्रह लगायत सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गर्नु भएको थियो । त्यसै अवसरमा उहाँले Leader's Reading Collection का उत्कृष्ट लेखकहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

.    कोभिड-१९ सम्बन्धी सुरक्षा मापदण्डहरुको पालना गर्दै आयोजित उक्त समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो । नेपाली सेनाका सबै यनिटहरुमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका दौरान प्रधानसेनापति महारथी थापाले कार्यकालको पहिलो र दोश्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गर्नुका साथै आगामी वर्षलाइ सुदृढीकरण र दिगोपनाको वर्षघोषणा गर्दै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । प्रधान सेनापतिको कमाण्ड मार्गनिर्देशन बमोजिम तय भएका लक्ष्यगत प्रगति विवरणको सारांश यसैसाथ संलग्न गरी पठाइएको जानकारी गराइन्छ उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले संगठन भित्र रहेका कमी कमजोरीहरु संगठन आफैले पहिचान गरी त्यसलाई सही मार्गमा ल्याउने प्रणालीको विकास गरिएबाट संगठनलाई स्वतन्त्र रुपमा क्रियाशील हुन र प्रणालीलाई बलियो बनाउन थप मद्दत पुगेको बताउनु भएको थियो ।

.    उक्त अवसरमा आयोजित छुट्टै कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले विभिन्न प्रतिष्ठित सञ्चारमाध्यमका सम्पादक तथा समाचार प्रमुखहरुसँग अनौपचारिक अन्तरक्रिया गर्नु भएको थियो । सामाजिक दुरी कायम राख्दै, सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाई आयोजना गरिएको उक्त अन्तरक्रियाको क्रममा उहाँले राष्ट्रिय सुरक्षाको सम्बर्द्धन र प्रवर्द्धनको साझा सवालमा नेपाली सेना र मिडीया बीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नु हुँदै सम्पूर्ण सञ्चारकर्मीहरुबाट नेपाली सेनालाई प्राप्त सहयोगको लागी धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न उक्त अन्तरक्रियाको दौरान बरिष्ठ सञ्चारकर्मीहरुले प्रधानसेनापति महारथी थापा समक्ष आफ्ना जिज्ञासा तथा सुझावहरु समेत राख्नु भएको र उहाँलाइ विगतका दुइ वर्षको सफलताका लागि बधाइ तथा आगामी बर्षको लागि शुभकामना समेत दिनुभएको थियो ।