“लघु चलचित्र प्रतियोगिता-२०७६” सम्पन्न


१.    आज मिति २०७७ भाद्र २६ गते जंगी अड्डामा आयोजित "लघु चलचिलत्र प्रतियोगिता-२०७६" का उत्कृष्ट लघु चलचित्रहरुलाई एक समारोहकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको छ ।

२.    उक्त समारोहमा प्रधानसेनापति श्री थापाले लघु चलचित्र प्रतियोगिता-२०७ मा प्रथम हुने प्रशुन सिन्धुलियाको देशलाई छुने पाईला', द्वितीय हुने पुरुषोतम बस्नेतको रगत र तृतीय हुने वसन्त शर्मा अधिकारीको लक्ष्य लाई क्रमश: रु.२,,०००।-, रु.१,५०,०००।- र रु.१,००,०००।- नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।उक्त कार्यक्रममा प्रधानसेनापति थापाले प्रतियोगितामा चौथो र पाचौं स्थान प्राप्त गर्नुहुने क्रमश: अनिरुद्ध दुवाडीको समर्पण अनिल कुमार महर्जनको गौरव लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.२५,०००।- का दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने प्रतियोगिताका दश उत्कृष्ट सहभागीहरुलाई समेत नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

.    कार्यक्रमको शुभारम्भमा वरिष्ठ कलाकार सरिता लामीछानेले लघु चलचित्र प्रतियोगितामा सहभागी लघु चलचित्र मुल्याङ्कनविधिको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाली सेनाले मिति २०६७ सालदेखि बार्षिक रुपमा आयोजना गर्दै आएको यस प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । कोभिड-१९ का कारण स्थगित भएको उक्त कार्यक्रम सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड-१९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदन्डहरु अवलम्वन गरी समापन कार्यक्रम आयोजना गरीएको हो । उक्त प्रतियोगिताको लागि ३८ वटा  लघु चलचित्र निर्माणको लागी निवेदन प्राप्त भएकोमा स्क्रिप्ट र छायाङ्कनको आधारमा उत्कृष्ट १० वटा लघु चलचित्रहरुलाई अन्तिम प्रतिस्पर्धाको लागी छनौंट गरीएको थियो ।

४.    उक्त अवसरमा रथीबृन्द, चलचित्रकर्मी कलाकार तथा नेपाली सेनाका सिित अधिकृतहरुको उपस्थिति रहेको थियो ।