“सिपाही वार्षिक-२०७६” र “The SHIVAPURI” जर्नलका उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

१.    आज मिति २०७७ भाद्र २9 गते जंगी अड्डामा आयोजित कार्यक्रममा सिपाही वार्षिक-२०७६The SHIVAPURI जर्नलका उत्कृष्ट लेखकहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नु भएको छ ।

२.    उक्त समारोहमा प्रधानसेनापति श्री थापाले  “सिपाही वार्षिक-२०७६ The SHIVAPURIजर्नलमा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी सन्तोष बल्लभ पौडेल, द्धितीय हुने प्रमुख सेनानी अनिल कुमार बुढाथोकी र तृतीय हुने प्रमुख सेनानी सुधिर प्रताप सिंहलाई क्रमश: रु.५०,०००।-, रु.३५,०००।– र रु.२५,०००।– नगद पुरस्कार तथा कदर-पत्र प्रदान गर्नु भएको थियो । त्यसै गरी अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– र कदर-पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा लेख रचनाहरुको मुल्याङ्कन गर्नुहुने गैर सैनिक विज्ञ तथा सैनिक व्यक्तिहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

.    रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको बौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा समेत योगदान पुर्याउँदै आएको छ । उल्लेखित लेख रचनाको मुल्याङ्कनका लागि विज्ञहरु सम्मिलित मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लेखहरुको छनौट गर्ने गरिन्छ । सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड-१९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्वन गरी समापन गरीएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा र नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेजका कमान्डान्ट उपरथी बालकृष्ण कार्की लगायत प्राध्यापक तथा नेपाली सेनाका सिित अधिकृतहरुको को उपस्थिति थियो ।