नेपाली सेनामा "नेतृत्व संवाद-२०७७" कार्यक्रम शुरुवात

    आज मिति २०७७ असोज गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट "नेतृत्व संवाद २०७७ (Leadership Dialogue 2077)" कार्यक्रम शुरु भएको प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय तथा आठ वटा पृतनाका पृतनापतिहरु एवं प्रधानसेनापति कार्यालयका स्टाफहरुलाई सहभागी गरी आजको कार्यक्रम संचालन गरिएको थियो । विगतका वर्षमा कमाण्डर, स्टाफ फौजको विचमा प्रत्यक्ष (Face-to-Face) नेतृत्व संवाद गरिदै आएकोमा कोभिड-१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम VTC (Video Tele-Conference) मार्फत सञ्‍चालन गरिएको थियो ।

.   नेपाली सेनालाई पद्धति प्रणालीमा आधारित सक्षम सङ्गठनको रुपमा स्थापित गर्दै लैजान तथा नेतृत्व वर्गलाई देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालबाट "नेतृत्व संवाद कार्यक्रम" शुरु गरिएको हो २०७५ सालमा "सैनिक आचरण: संस्थाको अपेक्षा मेरो जिम्मेवारी" तथा २०७६ सालमा "नैतिकता सदाचार: नेपाली सेनाको आधार" मूल सन्देशहरुमा आधारित भई विभिन्न संवाद शिर्षकहरुमा नेतृत्व संवाद सञ्चालन गरिएको थियो भने यस वर्ष, "सिपाहीको योगदान: राष्ट्र राष्ट्रवासीको उत्थान (Our Contribution: for the People and the Nation)" मूल सन्देश सहित देहायका तीन संवाद शिर्षकहरुमा नेतृत्व संवाद गरिँदैछ

()  "सैनिक तालिम: वृत्ति विकास/पदोन्नतिको लागि हो कि दक्षता क्षमता अभिवृद्धिको लागि ?"

()  "योगदान प्रतिफल: कुन बढी महत्त्वपूर्ण मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो ?"

()   व्यक्तिगत व्यवसायिक सम्बन्ध: कर्तव्यपरायणता वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति ?”

.   यो नेतृत्व संवाद कार्यक्रम प्रधानसेनापतिबाट प्रत्यक्ष मातहतका कार्यालय/विभागीय प्रमुख, पति तथा स्टाफहरुसँग सुरु भई प्रधानसेनापतिको संवादमा सहभागीहरुबाट आफु मातहतका अधिकृत, पदिक तथा अन्‍य दर्जासँग तहगत क्रमिक रुपमा नेपाली सेना भरि नै २०७७ चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन गरिने । नेपाली सेनामा विद्यमान रहेका विभिन्न अभ्यास र प्रवृत्तिहरु सम्बन्धमा सबै तहमा खुला अन्तर्क्रिया एवम् छलफल गरी सङ्गठन हित विपरीतका विकृति र विसङ्गतिहरु हटाउँदै नेतृत्व वर्ग लगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मुल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्य सहित यस किसिमको नेतृत्व संवाद कार्यक्रम शुरु गरिएको हो ।

४.   अनुशासित, क्षमतावान, चरित्रवान एवम् निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणाली मार्फत् नेपाली सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस नेतृत्व संवाद कार्यक्रमले दिशानिर्देशन गर्नुको साथै अबको "सुदृढीकरण र दीगोपनाको वर्ष (Year of Consolidation & Sustainment)" मा पद्धति र प्रणालीहरुलाई थप सुदृढ र मजबुत बनाउन सकलदर्जामा थप उर्जा समेत सञ्चार हुने विश्वास नेपाली सेनाले लिएको छ ।