सम्मेलनमा सहभागी हुन रथीबृन्द अष्ट्रेलिया प्रस्थान

१. मित्रराष्ट्र अमेरिकाद्वारा अष्ट्रेलियाको Gold Coast मा 04-08 September, 2011 तदनुसार मिति २०६८ भाद्र १८ गतेदेखि ऐ.२२ गतेसम्म सञ्चालन हुने 24th Annual International Military Operations & Law Conference (MILOPS) मा सहभागी हुन बलाधिकृत रथी श्री नेपाल भूषण चन्द र व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री दमन बहादुर घले आज मिति २०६८ भाद्र १६ गते अपरान्ह त्यसतर्पm प्रस्थान गर्नु भयो । २. नेपाललगायत २४ राष्ट्रका १ सय ४६ सैनिक अधिकृतहरु सहभागी हुने उक्त सम्मेलनमा सहभागी भई बलाधिकृत रथी श्री चन्द मिति २०६८ भाद्र ३० गते र व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री घले मिति २०६८ आश्विन ०३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ३. उहाँहरुलाई कार्यरथी उपरथी श्री नर बहादुर कडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा विदाई गर्नु भएको थियो ।