MINUSCA मिशनमा तैनाथ गणले गरेको कारवाहीको फोर्स कमाण्डरद्वारा उच्च प्रशंसा सहित कदर-पत्र प्रदान

१.  MINUSCA मिशन, Central African Republic (CAR) का Force Commander Lt General Daniel Sidiki TRAORE ले नेपाली शान्ति सैनिकले मिशनको अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटील एवं चुनौतीपूर्ण परिस्थितीमा प्रदर्शन गरेको साहस उत्कृष्ट एवं अतुलनीय रहेको भनी खुलेर प्रशंसा गर्नु भएको छ ।

२.  प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा रहेको श्री बटुकदल गणले फाल्गुन महिनामा संचालन भएको अपरेशन MO KIRI, जेठ महिनामा NDELE भन्ने स्थानमा संचालन गरेको अपरेशन IGANA SIRIRA र हालै भाद्र महिनामा BOCARANGA-KOUI मा संचालन गरेको अपरेशन A LA LONDO मा हतियारधारी समूह विरुद्ध गरेको सशक्त कार्वाहीको सन्दर्भ उल्लेख गर्दै जनधनको क्षतिलाई रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्ने कार्य (Protection of Civilian) मा नेपाली शान्ति सैनिकले निर्वाह गरेको विशेष भूमिका सह्राहनीय रहेको भनी उक्त मिशनमा नेपाली शान्ति सैनिकको समष्टिगत योगदानको सम्मान स्वरुप कदर-पत्र प्रदान गर्नु भएको छ । उक्त गणले NDELE मा संचालन गरेको अपरेशनल कारवाहीको सिलसिलामा मुख्य नेता सहित ९ जना विद्रोहीहरुलाई हतियारसहित पक्राउ गरेपछि उक्त क्षेत्रमा जातिय हिंसामा नियन्त्रण आएको र यस उपलब्धिको स्थानिय जनता, सरकारी निकाय र मिशन हेडक्वाटरद्वारा प्रशंसा गरिएको थियो ।

३.  Force Commander Lt General TRAORE ले आफ्नो जीउ-ज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले वास्तवमै समष्टिगत रुपमा नेपाली सेनाको तथा विशेष गरी मिशनमा तैनाथ नेपाली शान्ति सैनिकको प्रतिवद्धता, समर्पण र पेशागत दक्षतालाई प्रदर्शित गर्दछ भने नेपालले विश्व शान्तिको लागि तथा विशेषत: Central African Republic मा शान्ति स्थापनाका लागि दिएको सहयोगले उक्त द्वन्दग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने उल्लेख गर्नु भएको छ ।