दक्षिण सुडान (UNMISS) मा तैनाथ High Readiness Company (HRC) को अदली बदली

१.    दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (UNMISS) मिशनको High Readiness Company (HRC) को नियमित अदली बदलीको क्रममा आज मिति २०७७ आश्विन १ गते, पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

 २.    कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको छ । दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु मिति २०७७ आश्विन २० गते नेपाल आईपुग्ने योजना रहेको समेत जानकारी गराइन्छ ।