प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१. मिति २०७७ आषाढ ०६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७७ कार्तिक १७ गते जंगी अड्डामा आयोजित कार्यक्रमका बीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  


२. रथी ईश्वर हमाल हाल सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ United Nations Disengagement Observer Force (UNDOF) मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहनुभएको छ ।