श्रीमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

१.    जनरल एम एम नरवणे साथै नेपाल भ्रमणमा रहनु भएकी, भारतीय सेनाको Army Wives Welfare Association (AAWA) की अध्यक्ष श्रीमती विना नरवणेले आज मिति २०७७ कातिक २० गते जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष श्रीमती दीपा थापासँग शिष्टाचार भेटघाट गर्नुभयो ।

२.    उक्त अवसरमा उहाँले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तर्क्रिया समेत गर्नु भएको थियो ।