प्रधानसेनापति र भारतीय महामहिम राजदूतबीच भेटवार्ता

१.    आज मिति २०७७ मंसिर ०३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले मित्रराष्ट्र भारतका महामहिम राजदुत विनय मोहन क्वात्रासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२.    प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र भारतका महामहिम राजदुत विनय मोहन क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।