प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१.   मिति २०७ मंसिर ०३ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७ मंसिर ०५ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

२.   उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सन्तोष कुमार ढकाललाई श्री पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा उपरथी सहदेव खड्कालाई श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका ४ जना महा-सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।