त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत Institute of Medicine का पदाधिकारीहरुद्धारा नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानको निरीक्षण सम्पन्न

१. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको Institute of Medicine (IOM) का पदाधिकारीहरुले प्रस्तावित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (Nepal Army Institute of Health Science/NAIHS) अन्तर्गत संचालन हुने Medical College र Nursing College को मिति २०६८ भाद्र १८ र १९ गते निरीक्षण भ्रमण गरेका छन् । २. IOM का डीन, डा.अरुण सायमीको नेतृत्वको नौ सदस्यीय टोलीले भाद्र १८ गते भण्डारखालमा नयाँ निर्माणाधिन मेडिकल कलेज र छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेको थियो । यसैगरी, आज १९ गते काठमाण्डौं, महाकालस्थानमा अवस्थित त्रि–चन्द्र मिलिटरी अस्पताल परिसरमा निर्माणाधिन नर्सिङ्ग कलेजको निरीक्षण सम्पन्न भयो । ३. स्वास्थ्यसम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकतालाई परिपूर्ती गर्न सहयोग पुर्‍याउने तथा नेपाली सेनाका बहालवाला र अवकासप्राप्त व्यक्तिहरुको जेहेन्दार छोरा/छोरी र स्वदेशी तथा विदेशी सर्वसाधारणलाईसमेत सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यो संस्थानको स्थापना भएको हो । सैनिक कल्याणकारी कोषद्वारा संचालन गरिने यो संस्थान एक गैर नाफामूलक कल्याणकारी संस्थान हो । ४. IOM का निरीक्षण टोलीलाई प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रा.स.र.डा.श्री प्रकाशराज पाण्डेले प्रस्तावित संस्थान अन्तर्गत संचालन हुने कलेजहरु, संस्थानको आगामी योजना, अध्ययन गराइने बिद्यार्थीहरुको कोटा, भौतिक पूर्वाधारलगायत विभिन्न विषयमा जानकारी उपलब्ध गराउनु भएको थियो । भ्रमणको क्रममा १८ गते सो टोलीले मेडिकल कलेजमा Basic Science Complex, Administrative Complex तथा विभिन्न यन्त्र र उपकरणहरुको निरीक्षण र सैनिक अस्पतालको विभिन्न विभागहरुको भ्रमण गरेको थियो । ५. यसैगरी, आज त्रि–चन्द्र मिलिटरी अस्पताल परिसरमा नर्सिङ्ग कलेजको भ्रमणको क्रममा वहाँहरुले Skill lab, Academic Building, Office Complex तथा Hostel Complex लगायतको निरिक्षण गर्नु भएको थियो । ६. CTEVT सँग आवद्ध रहने PCL (Nursing) यही आश्विन महिनाबाट संचालन गरिने छ भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, IOM सँग अनुबन्धन भई यही मंसिर महिनाबाट MBBS कक्षा संचालन हुने योजना रहेको छ । यसैगरी, IOM को Nursing College सँग अनुबन्धन भई यही मंसिरबाट नै BN (Nursing) र BSc (Nursing) को कक्षाहरुसमेत संचालन गर्ने योजना रहेको छ । ७. भ्रमणको क्रममा कार्यरथी, उपरथी श्री नरबहादुर कंडेल, सैनिक स्वास्थ्य महानिर्देशक, प्रा.उ.र.डा.श्री गम्भीरलाल राजभण्डारी लगायत नेपाली सेनाका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।