प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१.     प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७ मंसिर १६ गते हुम्ला स्थित नयां भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२.     निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा. को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो

३.    साथै, उँहाले मिति २०७7 मंसिर 17 र 18 गते सुदुर पश्चिम पृतना हे.क्वा. लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको ब्यहोरा जानकारी गराइन्छ ।