लेबनान (UNIFIL) मा तैनाथ शिवदल गण (शा.से.) ६१औं डफ्फाको अदली बदली शुरु

१.    शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघ (UNIFIL) मिशनमा तैनाथ श्री शिवदल गण (शा.से.) ६१औं डफ्फालाई बदली गर्नको लागि मिति २०७७ मंसिर २८ गते प्रमुख सेनानी राजिव थापाको कमाण्डमा श्री बर्द बहादुर गण (शा.से.) बैसठ्ठीऔं डफ्फाको २१४ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् भने, सोही मिशनबाट आफ्नो कार्यकाल समाप्ती पश्चात सेनानी विशाल बहादुर शाहको कमाण्डमा २१४ जना शान्ति सैनिकहरुको टोली आज मिति २०७७ मंसिर २९ गतेको ०९३० बजे नेपाल आईपुगेको छ ।

२.    अदली बदली जम्मा ४ (चार) चरणमा सम्पन्न हुने र अन्तिम टोली २०७७ माघ १६ गते नेपाल फिर्ता हुने योजना रहेको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको व्यहोरा समेत जानकारी गराइन्छ