त्रिभुवन आर्मी फुटबल क्लबलाई AFC Cup Club License प्राप्त

१.    ANFA Club Licensing Appeal Body को मिति २०७७ पौष ०७ गते बसेको बैठकको निर्णय अनुसार त्रिभुवन आर्मी फुटबल क्लबले AFC Cup Club License प्राप्त गरेको छ ।

२.    उक्त क्लबले यस अघि First Instance Body (FIB) को निर्णय उपर पुनर्विचार गरी पाउँ भनी ANFA सचिवालयमा दर्ता गराएको Appeal माथि छलफल हुंदा त्रिभुवन आर्मी फुटबल क्लबले AFC Cup Club Licensing Regulation अनुसार सम्पूर्ण मापदण्ड तथा योग्यता पुरा गरेकोले AFC Cup Club License प्रदान गरिएको व्यहोरा सहित अखिल नेपाल फुटबल संघको पत्र प्राप्त भएको छ ।

३.    सो License प्राप्त गरे पश्चात त्रिभुवन आर्मी फुटबल क्लबले AFC Cup Club अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्नेछ ।

.        यस एतिहासिक उपलब्धिको अवसरमा नेपाली सेना र त्रिभुवन आर्मी फुटबल क्लब ANFA लगायत सम्बद्ध सबैमा आभार व्यक्त गर्दछ तथा यसबाट नेपालमा फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गर्दछ ।