१. मिति
२०७७ पौष २१ गते शुरु
भएको 'प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७७' आज मिति २०७७ माघ ०२ गते
जङ्गी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी श्री
पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच समापन गर्नुभएको छ । यस
प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ्ग
र एथलेटीक्स गरी ५ वटा विधा समावेश गरिएको थियो भने आर्चेरीलाई पहिलो पटक
डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो । समापनको क्रममा प्रधानसेनापति
महारथी श्री थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम,
द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री
नं.१६ बाहिनी अड्डा, श्री मध्य पृतना
हेडक्वाटर तथा श्री उतर पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा ट्रफि
प्रदान गर्नुभएको थियो । साथै
उहाँले गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय
स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री नं.१
जगदल गण र श्री चण्डीदल गणलाई
समेत ट्रफि तथा नगद पुरस्कार प्रदान
गर्नुभएको थियो ।
२. सोही
अवसरमा प्रधानसेनापति महारथी श्री थापाले
"अतिरथी स्वर्गीय निर शम्सेर ज.ब.रा. पुरस्कार" 'Run for Fun-2076' को दौरान म्याराथुन प्रतियोगिताका विजेता जम. होमलाल
श्रेष्ठलाई तथा "महारथी श्री गौरव शम्सेर ज.ब.रा. अजेयबलसम्पन्न ट्रफी"
महिला तर्फ तेक्वान्दोकी खेलाडी नीता गुरुङ्ग र पुरुष तर्फ ब्याडमिन्टन खेलाडि
जम.क. रत्नजित तामाङ्गलाई हस्तान्तरण गर्नु भएको थियो ।
३. उक्त
अवसरमा बलाधिकृत रथी श्री प्रभुराम शर्माले आजै आयोजित
गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल
गर्न सफल जगदल गणका खेलाडीहरुलाई
ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान
गर्नुभएको थियो । त्यसै गरी उक्त खेलमा द्वितीय हुने
नयाँ गोरख गणका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव
निलेन्द्र राज श्रेष्ठले र तृतीय
हुने भैरव प्रसाद गणका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (ANFA) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रमाणपत्र तथा पदक प्रदान
गर्नु भएको थियो ।
४. यसअघि
बास्केटबलमा प्रथम हुने मध्यपूर्वी पृतना हेडक्वाटरलाई उ.र. निरन्जन कुमार श्रेष्ठले, भलिबलमा
प्रथम हुने उपत्यका पृतनालाई उ.र. गोकुल भण्डारीले, सुटीङ्गमा
प्रथम हुने नं. १६ बाहिनीलाई उ.र. अनन्त कार्कीले र एथलेटिक्सतर्फ पनि प्रथम हुने नं. १६ बाहिनिलाई उ.र. सरोज
प्रताप राणाले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान
गरीसक्नु भएको थियो । उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु,
अन्य सुरक्षा अंगका उच्च अधिकृत प्रतिनिधीहरु लगायत नेपाली
सेनाका बहालवाला तथा भू.पू. सकलदर्जाको
उपस्थिती रहेको थियो ।