प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१.    मिति २०७ माघ ११ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी हिरालाल जोशीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मिति २०७ माघ १३ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

२.    उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी हिरालाल जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १ जना महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।