प्रधान सेनापति र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता

१.    आज मिति २०७७ माघ १६ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत महामहिम Randy W Berry संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२.    प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र अमेरिकाका राजदूत महामहिम Randy W Berry बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।