“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६८” को समुद्घाटन समारोह सम्पन्न

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले आज मिति २०६८ आश्विन १ गते जंगी अड्डा परिसरमा अवस्थित खेल मैदानमा एक समारोहका बीच “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६८” को समुद्घाटन गर्नुभयो । २. सो अवसरमा सैनिक बिनय महानिर्देशक उपरथी श्री राम बहादुर गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । समारोहमा सहभागी सबै खेलाडीहरुद्वारा मार्च पाष्ट प्रदर्शन गरिएको थियो । ३. उक्त प्रतियोगिता अन्तर्गत आज सम्पन्न एथलेटिक्सका विभिन्न ईभेन्टहरुको नतिजा निम्न अनुसार रहेको छ । क) महिलातर्फ १०० मिटर १) उपत्यका पृतनाकी सिपाही दुर्गा देवकोटा प्रथम २) बिशेष फौजकी सिपाही अञ्जली वाईबा द्वितीय ३) मध्य पृतनाकी सिपाही रुपा खड्का तृतीय ख) पुरुषतर्फ १०० मिटर १) उपत्यका पृतनाका सिपाही मिन बहादुर चौधरी प्रथम २) पश्चिम पृतनाका प्युठ हिमाल के.सी. द्वितीय ३) पूर्वी पृतनाका प्युठ दशिराम चौधरी तृतीय ग) पुरुषतर्फ ४०० मिटर १) पूर्वी पृतनाका अम पदम कार्की प्रथम २) मध्य पृतनाका प्युठ मुक्ति खड्का द्वितीय ३) सुदुर पश्चिम पृतनाका अम कालिराम चौधरी तृतीय घ) पुरुषतर्फ १५०० मिटर १) विशेष फौजका प्युठ हरिकुमार रिमाल प्रथम २) विशेष फौजका प्युठ कल्याण बाँनिया द्वितीय ३) पूर्वी पृतनाका सिपाही मोतिलाल चौधरी तृतीय ४. महिलातर्फको १०० मिटर दौडमा उपत्यका पृतना मुख्यालयकी सिपाही दुर्गा देवकोटाले १४ मिनेट १८ सेकेण्डमा दौड पुरा गरी नयाँ रेकर्ड कायम गरेकी छिन् । आज सम्पन्न दौडका विजयी खेलाडीहरुलाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्नुभयो । ५. नेपाली सेनाका ६ वटा पृतना, मद्दती फौज र विशेष फौज गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल र एथलेटिक्स गरी जम्मा चार बिधाहरु समावेश गरिने छ । साथै प्रतियोगितामा प्रथम हुने टिमलाई सेना दिवसको अवसरमा “प्रधानसेनापति ट्रफि” प्रदान गरिने छ । ६. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरु, नेपाल स्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, नेपाल सरकारका पदाधिकारीहरु र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।