प्रधान सेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

१. आज मिति २०७७ चैत्र ०२ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत H.E. Mr. Syed Haider Shah संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।