प्रधान सेनापति र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता

१. आज मिति २०७७ चैत्र ०५ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत H.E. Ms. Nona Deprez बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

२. प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले नेपाल र युरोपियन युनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।