प्रधान सेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

१. आज मिति २०७७ चैत्र ०६ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र मित्रराष्ट्र अष्ट्रेलियाका नवनियुक्त राजदूत H.E. Ms. Felicity Volk बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

२. प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।