4th COAS International Tri-Adventure Competition-2077 सम्पन्न

१.    नेपाली सेना तथा मित्रराष्ट्रहरुका सैनिक टिमहरुको सहभागितामा धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौदीसम्म संचालन भएको COAS International Tri-Adventure Competition चौथो संस्करण आज मिति २०७७ चैत्र ७ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

२.    यस प्रतियोगितामा ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्‍याफ्टिङ्ग गरी ३ (तीन) वटा ईभेण्टहरु समावेश गरि जम्मा दुरी ४३.७ कि.मि. रहेको थियो । कुल २० टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टिम (पुरुष २ टिम र महिला १ टिम) र श्री मध्य पृतना हे.क्वा.को १ टिम गरी ४ टिम सहित स्वदेशी १६ टिम (पुरुष १२ टिम , महिला ४ टिम)‌ र मित्रराष्ट्रहरु (बगंलादेश, पाकिस्तान र बेलायत) बाट ३ टिम तथा नेपालमा बस्दै आएका विदेशीहरु (Expats) को १ टिम गरि जम्मा ४ टिमहरुमा आवद्ध ८० जना खेलाडीहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगिताको नतिजा निम्न अनुसार रहेको छ :

 

(क)   पुरुष तर्फ :

सि.नं.

मर्यादाक्रम

टिम

घण्टा

मिनेट

सेकेण्ड

नगद पुरस्कार

कै.

पहिलो

त्रिभुवन आर्मी क्लब '' टिम

३४

३४

१,५०,०००।-

 

दोश्रो

त्रिभुवन आर्मी क्लब 'बि' टिम

४०

५९

१,००,०००।-

 

तेश्रो

सशस्त्र प्रहरी बल

४५

१६

७५,०००।-

 

 

 

(ख)   महिला तर्फ :

सि.नं.

मर्यादाक्रम

टिम

घण्टा

मिनेट

सेकेण्ड

नगद पुरस्कार

कै.

पहिलो

त्रिभुवन आर्मी क्लब

०९

५८

५०,०००।-

 

दोश्रो

Paddle Nepal

२६

४५

३०,०००।-

 

तेश्रो

Crank Sisters

०४

२७

२०,०००।-

 

 

(ग)   Best International Team :

 

टिम

घण्टा

मिनेट

सेकेण्ड

प्राप्त पुरस्कार

कै.

पाकिस्तान आर्मी टिम

४८

१०

पदक, ट्रफि र प्रमाण-पत्र

 

 

३.    सहभागी सबै प्रतियोगिहरुलाई प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले पदक, ट्रफि, प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गर्नुका साथै उक्त प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने श्री नं. ६ बाहिनी अड्डा तथा श्री शिवदल गणलाई समेत कदर-पत्र प्रदान गर्नु भएको थियो ।

४.    वि.सं. २०७१ सालदेखि राष्ट्रियस्तरमा संचालन शुरु भई वि.सं. २०७४ बाट विभिन्न मित्रराष्ट्रका सैनिक टिमहरुको समेत सहभागिता रहँदै आएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, धादिङ जिल्लाका जिल्ला न्यायाधीश तथा अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।