प्रधान सेनापति र श्रीलंकाका महामहिम राजदूत तथा सार्कका महामहिम महासचिवबीच छुट्टाछुट्टै भेटवार्ता

१.    आज मिति २०७८ वैशाख १५ गतेको फरक फरक समयमा प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र श्रीलंकाका राजदूत H.E. Ms Himalee Arunatilaka तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव H.E. Esala Ruwan Weerakoon बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

२.    प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्ताहरुमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।