नेपाली सेनाको टोलीबाट आमादब्लम हिमालको सफल आरोहण

१. “सफा हिमाल अभियान-२०२१” को दौरान High Camp को फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले आज मिति २०७८ वैशाख ३० गतेको ०९५८ बजे ६,८१२ मिटर अग्लो आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गर्नु भएको छ । 

२. यहि बैशाख १२ गतेबाट नेपाली सेनाले सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित सो अभियान अन्तर्गत उक्त टोली हिजो राती आमादब्लमको Camp-II बाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।