प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा सुदुरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण सम्पन्‍न

१. प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७८ ज्येष्ठ १७ गते सुदुरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाले सुदुर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मुल्य क्यान्टिनको धनगढी शाखा र तेघरी स्थित सैनिक शिविरको उद्‍घाटन गर्नु भएको थियो । नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएका हुन । 

३. साथै, वहाँले मध्य पश्‍चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तर पश्‍चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।