प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७८ ज्येष्ठ २१ गते मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाले रुकुम (पश्‍चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।