संयुक्त राज्य अमेरिकाका कंग्रेसमेन Steve Chabot र प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गबीच भेटघाट

१. संयुक्त राज्य अमेरिकी कंग्रेसमेन Steve Chabot ले आज मिति २०६८ आश्विन १३ गते बिहान नेपाली सेनाका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग जंगी अड्डामा भेटघाट गर्नुभयो । २. भेटघाटको क्रममा कंग्रेसमेन Chabot र प्रधानसेनापति गुरुङ्गबीच आपसी सहयोगलाई निरन्तरता दिने, दैविक प्रकोप उद्धार तथा राहत कार्यमा हाल भइरहेको दुई पक्षीय प्रयासहरुलाई जारी राख्नेलगायत अन्य सहयोगको कार्यक्रमहरुलाई पनि विस्तार गर्दै लाने तथा नेपालमा जारी शान्ति प्रक्रिया तथा सेना समायोजन जस्ता विषयमा कुराकानी भयो । कुराकानीको क्रममा कंग्रेसमेन Chabot ले नेपाली सेनाको पेशागत दक्षताको मुक्त कण्ठले प्रसंसा गर्नुहुँदै नेपाली सेनाले विश्व शान्तिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नु भएको थियो । ३. आजै कंग्रेसमेन Chabot ले नेपाली सेनाका पि.एस.ओज्.रथीबृन्दहरुसँग परिचयात्मक भेटघाट गर्नुका साथै समसामयिक विषयमा कुराकानी गर्नु भएको थियो । ४. भेटघाटको अवसरमा नेपालस्थित अमेरिकी राजदुत महामहिम Scott H. Delsi तथा अमेरिकी दुतावासका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।