भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

१. आज मिति २०७८ ज्येष्ठ २८ गते भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्राले जङ्गी अड्डा (Grand Hall) मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ । कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, ICU वेडहरु, PPE सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरीएका हुन् । 

२. हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।