नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण

१. आज मिति २०७८ आषाढ २१ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० (तीनसय) नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु (Accessories) हस्तान्तरण गर्नु भएको छ ।

२. नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु (Mega Events) संचालन गर्ने प्रयोजनका लागि भनि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ जेष्ठ १७ गतेको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ (No Cost Basis) मा विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि (Rifles, Sub Machine Gun and Light Machine Gun) जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको छ । 

३. उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने छ भने उपलव्ध गराईएका हतियारहरु को Maintenance तथा Operation तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको  छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

४. उक्त कार्यक्रममा बलाधिकृत रथी श्री प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिती रहेको थियो ।