नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन

१.    मिति २०७८ असार २४ गतेको नेपाल सरकार मन्त्रीपरिषद्‍को निर्णयबाट 'नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८' स्वीकृत भएनुसार आज मिति २०७८/०४/०१ गतेबाट कार्यान्वयनमा आएको छ । यसअघि मिति २०७७/११/२० गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्‍ले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृति दिएको थियो ।

२.    यसै अवसरमा आज मिति २०७८ श्रावण ०१ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरुलाई "कमाण्ड झण्डा" हस्तान्तरण गर्नु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्‍डा स्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै महारथी थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो । साथै, सोही कार्यक्रममा महारथी थापाले विशेष स्वरुपमा तयार गरिएको "प्रधान सेनापति छडि" समेत ग्रहण गर्नु भएको थियो ।

३.    नेपाली सेनाको सांगठनिक पुनर्संरचना सम्बन्धि संक्षिप्त जानकारी यसैसाथ संलग्न गरिएको छ ।