दुई दिने “साईबर सुरक्षा सेमिनार-२०७८” प्रारम्भ

१.    आज मिति २०७८/०४/०३ गते बलाधिकृत रथी प्रभुराम शर्माको उपस्थितीमा जंगी अड्‍डामा 'साईबर सुरक्षा सेमिनार-२०७८' शुरु भएको छ । मिति २०७८ श्रावण ०३ र ०५ गते दुई दिन संचालन हुने उक्त सेमिनारमा जंगी अड्‍डामा कार्यरत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको छ ।

२.    विषयविज्ञहरुको तर्फबाट ६ वटा प्रस्तुतीकरण र त्यसमाथि उठेका जिज्ञासाहरु सहितको छलफलको कार्यक्रम रहेको उक्त सेमिनारलाई सम्बोधन गर्नु हुँदै रथी शर्माले वर्तमान परिप्रेक्ष्यमा साईबर सुरक्षाको क्षमतालाई क्रमिक रुपमा विकास गर्दै लैजान आवश्यक रहेको हुँदा साईबर क्षमता अभिवृद्धिका साथै नीति, नियम तथा अन्य व्यवस्थापनका पक्षहरुको पहिचान गर्न उक्त सेमिनार उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

३.    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रुपमा देखा परिरहेको साईबर अपराधलाई अनुगमन तथा नियन्त्रण गर्न आवश्यक पहलहरुको पहिचानको लागि यस प्रकारका सेमिनारहरु प्रभावकारी हुने विश्वास गरिएको छ