प्रधान सेनापतिद्वारा कमाण्ड हे.क्वा. हरुको निरिक्षण भ्रमण सम्पन्न

१.    प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले नेपाल सरकारबाट स्वीकृत भई लागु भएको नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत यही २०७८ श्रावण ०१ गतेबाट संचालनमा आएका कमाण्ड हे.क्वा.हरुको निरिक्षण भ्रमण गर्नु भएको छ । यस क्रममा वहाँले मिति २०७८ श्रावण ०७ गते श्री पूर्वी कमाण्ड हे.क्वा. हिले, ऐ.१० गते श्री मध्य कमाण्ड हे.क्वा. पोखरा, ऐ. १२ गते श्री उपत्यका कमाण्ड हे.क्वा. नारायणहिटी र ऐ. १४ गते श्री पश्चिम कमाण्ड हे.क्वा. सुर्खेत को भ्रमण गर्नु भएको हो ।

२.    भ्रमणको दौरान मिति २०७८ श्रावण ०७ गते प्रधान सेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गर्नु भएको थियो ।

३.    साथै, उक्त भ्रमणको दौरान उहाँले कमाण्ड हे.क्वा. हरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था, विद्यमान चूनौती तथा समाधानका उपायहरु सम्बन्धि जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।