प्रधान सेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटवार्ता

१. आज मिति २०७८ श्रावण १९ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र मित्रराष्ट्र अमेरिकाका राजदूत His Excellency Mr. Randy W. Berry बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ ।

२. प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको   छ ।