प्रधान सेनापतिद्वारा शिलान्यास तथा निरीक्षण कार्यक्रम सम्पन्न

१. आज मिति २०७८ श्रावण २१ गते प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले काठमाण्डौं जिल्ला, शंखरापुर नगरपालिका, जहरसिंह पौवा स्थित शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको एक कार्यक्रमकाबीच शिलान्यास गर्नु भएको छ । शंखरापुर नगरपालिकाका प्रमुख श्री सुवर्ण श्रेष्ठ, श्रीपाली बस्न्यात समाजका अध्यक्ष श्री निरञ्‍जन मानसिंह बस्न्यात लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको उक्त सभालाई महारथी थापाले सम्बोधन समेत गर्नु भएको थियो ।

२. त्यसैगरी महारथी थापाले आजै श्री प्रबन्धरथीको कार्यालय अन्तर्गत रहेको श्री बन्दोवस्ती कार्य गण, कालिकास्थानको निरीक्षण भ्रमण गर्नु भएको छ । उक्त भ्रमणको दौरान प्रधान सेनापति महारथी थापाले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।