High Altitude and Mountain Warfare तालिम शुभारम्भ

१. नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आईस क्राफ्ट सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई आज मिति २०७८/०४/२४ गतेदेखि High Altitude and Mountain Warfare तालिमको शुभारम्भ भएको छ । उक्त शिक्षालयका शिक्षाधिकृत महा सेनानी श्री सुरेश हमालले प्रथम प्रवचन गर्नु भई शुरु भएको सो तालिम मिति २०७८/०६/०१ गतेसम्म संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।

२. उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी जम्मा ५ जना सहभागी भएको व्यहोरा समेत जानकारी गराईन्छ ।