नव नियुक्त रक्षा सचिव र कायममुकायम प्रधान सेनापतिबीच जङ्गी अड्डामा शिष्टाचार भेट

१.    आज मिति २०७८ भाद्र ०३ गते कायममुकायम प्रधान सेनापति रथी श्री प्रभुराम शर्मा र श्री रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त हुनु भएका रक्षा सचिव श्री बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

२.    उक्त भेटवार्ता पश्चात जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाण्डौ तराई/मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

.    उक्त अवसरमा रक्षा मन्त्रालयका सह-सचिवहरु तथा नेपाली सेनाका रथीबृन्दहरुको समेत उपस्थिति रहेको थियो ।