नेपाली सेनाको बख्तरबन्द गाडिहरुको Road Driving अभ्यास सम्बन्धमा

१.    नेपाली सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु Armored Personal Carrier (APC) Mine Protected Vehicle (MPV) मा सकलदर्जाहरुको Driving Skill अभिवृद्धि गर्न तथा उक्त गाडीहरुको Operational Readiness लाई कायम राख्‍नको निमित्त स्थानिय प्रशासन र प्रहरीसंगको समन्वयमा आवश्यकता अनुसार Road Driving अभ्यास सञ्चालन गर्ने गरेको व्यहोरा विदितै छ ।

२.    सोही क्रममा सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगंज र धनगढीमा तैनाथ गुल्महरुले विभिन्‍न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको छ ।

३.  साथै, उक्त अभ्यासहरुको संशोधित मिति र रुट योजना सम्बन्धमा www.nepalarmy.mil.np मा हेर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।