हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

१. आज मिति २०७८ भाद्र १३ गतेबाट नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.१० हाईयर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Training) तालिमको उक्त कलेजमा आयोजित एक कार्यक्रमकाबीच उपरथी बालकृष्ण कार्कीले शुभारम्भ गर्नुभएको छ ।   

 २. नेपाली सेनाको रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त अवसरमा शिक्षार्थि अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै उपरथी कार्कीले यस तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्नुको साथै जटील अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो । 

३. नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो ।